संखुवासभा घटनाको अनुसन्धान गर्न सीआईबीको टोली जाँदै

संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ।

ad

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिएका छन्।

ad

‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले भने, ‘सम्भवतः मंगलबारै टोली घटनास्थलतर्फ जान्छ होला।’

ad

सोमबार बिहान मादी नगरपालिका- १, खोलागाउँ निवासी तेजबहादुर कार्कीसहित ६ जनाको शव धारिलो हतियारले काटेको अवस्थामा घरभित्र र बाहिर फेला परेको थियो।

तालिमप्राप्त कुकुरको सहयोगमा नाका सिल गरेर मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए।

उनका अनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

Loading...
error: Content is protected !!