वाग्मतीमा मुख्यमन्त्री शाक्यले दिइन् मन्त्रिपरिषदलाई पूर्णता, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषदलाई पूर्णता दिएकी छन् । यसअघि दुई सदस्यीय रहेको मन्त्रिपरिषदमा बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् ।

नवगठित मन्त्रिपरिषदमा डा। अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानून मन्त्री, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

त्यस्तै प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । वाग्मतीमा यसअघि नियुक्त केशवराज पाण्डे भौतिक पूर्वाधार मन्त्री छन् ।

जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्री नियुक्त भएका छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्री बनेका छन् ।

नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले बुधबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार नियुक्त भएकासँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

हालै नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेपछि प्रदेश सरकार अल्पमतमा छ ।

 

 

Loading...
error: Content is protected !!