काठमाडौंको पुरानो बानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ । पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोमा रहेको मातृका आई सेन्टर रहेको भवनको शौचालयमा शंकास्पद वस्तु भेटिएको थियो ।
बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।