हिन्दु महिलाहरुले विशेष महत्वका साथ मनाउने हरितालिका तीज आज मनाइदैछ । तीज अवसरमा तारकेश्वर – ८ , गैरीगाँउमा रहेको पञ्चेश्वर महादेव मन्दिरमा महिला दर्शनार्थीहरुको ठूलो भिड लागेको छ ।
महिलाहरु निरहार वसेर नाचगान गर्दै तीज मनाउँदैछन् ।
लगातारको झरीलाइ वेवास्ता गर्दै महिलाहरु दर्शनका लागि लाइन बसेका छन् ।
दर्शनार्थीहरुले मन्दिर परिसरमा नाच्ने गाउने र रमाईलो गर्दै तीज मनाउने प्रचलन छ ।