भदौ २१ गते सोमबार बिहान काका तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयबाट देखेँ । आफूलाई सधैँ हेप्ने र सापटी लिएको रकमको ब्याज लिएको आदि कुरा मलाई मनमा बिझ्थ्यो ।
सधैँ हेप्ने, नमीठो बचन बोल्ने गरेका कारण घटना हुने अघिल्लो रात मेरो मनमा अनेकौँ कुराहरू खेलेका थिए । राति नै भोलि आक्रमण गर्छु भन्ने सोचिसकेको थिएँ ।
भोलिपल्ट घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेँ । तेजबहादुर ठ्याक्कै खोल्सामा पुगेपछि उनीमाथि आक्रमण गरेँ ।
दुई/तीन पटक टाउकोमा चिर्पटले प्रहार गरेपछि उनी मलाई लोकेले मार्यो, गुहार भन्दै चिच्याउन थाले ।
निकै ठूलो स्वरले चिच्याएपछि उनको स्वर सुनेर उनको श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । गुहार भन्दै चिच्याइरहेका तेजबहादुरमाथि फेरि चिर्पट प्रहार गरेर उनलाई मारेँ ।
घटनाबारे थाहा पाएपछि प्रहरीलाई उनीहरुले जानकारी दिन सक्छन् भनेर पहिले कमलालाई त्यही चिर्पटले टाउकोमा प्रहार गरेँ ।
प्रहारपछि कमला ढलिन् । त्यो देखेर तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन् । बेहोस भएर ढलेकी रञ्जनामाथि पनि चिर्पट प्रहार गरेँ ।
निकै होहल्ला र घरका परिवार सबै खोल्सातिर गएको देखेपछि दुई बालबालिका पनि घटनास्थलतर्फ आँउदै थिए ।
म चिर्पट बोकेर उनीहरुलाई पनि लखेटेँ । उनीहरु भाग्दै थिए । दुवै जनाको टाउकोमा चिर्पट हानेर हत्या गरेँ ।
त्यसपछि म तेजबहादुर घरमा पुगेँ ।
घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । उनले आफूलाई देखिसकेपछि हल्लाको आवाज सुनेको हुनसक्ने जस्तो लाग्यो ।
त्यसपछि गाईवस्तुलाई कुँडो पकाइरहेकी बुढी हजुरआमालाई कपालमा समातेर २ /३ पकट भित्तामा ठोक्काएँ । र उनको पनि हत्या गरेँ ।
त्यसपछि हजुरबुवालाई हेरेँ वरपर देखिनँ । हजुरबाले कान सुन्नुहुन्न भन्ने पहिल्यै थाहा थियो । वरपर कतै नदेखेपछि उनलाई केही गरिनँ ।
वरपर अरु कोही भएको भए जो-कोहीको पनि हत्या गर्ने थिएँ ।
खासमा मेरो टार्गेटमा काका तेजबहादुर मात्रै थिए । उनको हत्या गरेको अरुले देखे । देख्ने सबैलको हत्या गरेँ । त्यसपछि सबैको हत्या गर्न प्रयोग गरेको चिर्पट बोकेर घर गएँ र अँगेनोमा सोही चिरपट राखेर बालिदिएँ ।