महानगरीय प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आइतबार आरोपीहरूलाई सार्वजनिक गरिएको हो । आरोपी तारकेश्वरको फुटुङमा बस्दै अएका थिए ।
भदौ २५ मा आँखा अस्पतालमा उनीहरूले राखेको भनिएको ‘बम’ सेनाको टोलीले निष्क्रिय बनाएको थियो ।
प्रहरीले पक्राउ गरेको आशिष र अभिषेक सहोदर दाजुभाइ हुन् । १ महिनाअघि आशिष मातृका आँखा अस्पतालमा आँखाको उपचार गराउन गएका थिए । त्यहाँ आँखाको लेन्स फेरे, ८० हजार खर्च गरेर फर्किए । दाजुभाइ फुटुङमा बस्थे । उनीहरू विदेश जाने तयारीमा थिए । म्यानपावरमा १७ लाख खर्च भैसकेको थियो । तर, ‘भिसा आउँदै छ’ भनेर म्यानपावरले अल्झाइरहेको थियो ।
शनिवार प्रहरीले पक्राउ गरेपछि आशिषले भनेका छन्–‘अस्पताल चलेको देखेर पैसा आउँछ भन्ने सोच आएका थियो । अनि, बम राख्ने योजना बनाएँ ।’ बम राखेर अस्पताल सञ्चालक डा।किशोर प्रधानसँग उनीहरूले फिरौती मागेका थिए ।