तारकेश्वर वडा नं. ११ मा माओवादीको सम्मेलन सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले तारकेश्वर नगरपालिकाको वडा न ११ मा वडा सम्मेल सम्पन्न गरेको छ ।

शुभकामना चोकमा रहेको अजिमा पार्टी प्यालेसमा शनिबार बिहान ११ बजेदेखि ३ बजेसम्म भएको वडा सम्मेलनले २१ सदस्यीय समिति गठन गरेको छ । जसमा अध्यक्ष लोक बहादुर ढुंगेल चयन भएका छन् भने सचिवमा दीपक पाठक चयन भएका छन् ।

सम्मेलनमा युवाहरुको बढी सहभागिता देखिएको माओवदी केन्द्रले जनाएको छ ।

Loading...
error: Content is protected !!