तारकेश्वर नगरपालिकामा आज नेपाली काङ्ग्रेसको वडा अधिवेसन हुँदैछ। तारकेश्वर नगरपालिकामा रहेको ११ वटा वडामा एकै साथ आज वडा अधिवेशन हुन लागिएको नेपाली काङ्ग्रेस तारकेश्वर नगर सभापति श्रीराम थापाले जानकारी दिए।
क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।