नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।
नेपाली काँग्रेस तारकेशवरका समाजसेबी एबम नेता यूवा नेता कृष्णहरि महर्जनले नगर सभापतिमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा नेता महर्जनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी कृष्णहरि महर्जन पनि एक हुन ।
कृष्णहरि महर्जनको उम्मेदवारी किन ?
- नगर सभापतिमा जितेमा आसन्न स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसको नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरुलाई जिताउन आफ्नो प्राथमिकता रहने ।
- नेपाली काँग्रेसलाई तारकेश्वरको सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा स्थापना गर्न संगठन विस्तारलाई टोलटोलमा लैजाने ।
- पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने
- काँग्रेसमा प्रशिक्षण अभाव भएको भन्दै उनले आफ्नो पहिलो प्राथमिकता टोल टोलमा प्रशिक्षण कार्यक्रम चलाउने र काँग्रेसमा युवा सहभागिता अभिबृद्धि गर्ने
नगर प्रमुख र उपप्रमुखमा पनि काँग्रेसले नै जिताउने प्रतिवद्धता गरेका छन् । त्यस्तै महर्जनले पुराना पाकाहरूलाई सम्मान र युवालाई प्रोत्साहनका लागि आफ्नो उम्मेदवारी भनेका छन् ।