नेपाली कांग्रेसको १४औँ महाधिबेशन अन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वरमा अब नगर अधिवेशनको सरगर्मि सुरु भएको छ ।
अशोज ९ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । अधिवेशनबाट नेतृत्व लिन तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी लक्ष्मीराज भण्डारी पनि एक हुन ।
नेपाली कांग्रेस तारकेश्वर नगर उपसभापतिमा दावी गरेका भण्डारी स्थानिय स्तरमा पढेलेखेका बौदीक युवाका रुपमा लोकप्रिय छन । बिगत २० बर्षदेखी बिभिन्नि राष्ट्रिय संचारमा अव्वल पत्रकारका रुपमा स्थापित भण्डारीले पत्रकारीतामा स्नाकोतर गरेका छन ।
नेवी संघ काठमाडौ क्षेत्र नं ६ मा र्निबिरोध क्षेत्रीय सचिवमा निर्वाचित भएका भण्डारी बिगत १५ बर्षदेखी नेपाली कांग्रेसमा सक्रीय रुपमा कृयाशिल छन । बिगतका स्थानिय , प्रदेश र संघीय चुनावमा प्रभावकारी भूमीका बारे कांग्रेस बृतमा उनको चर्चा छ ।
तारकेश्वरभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ अवको स्थानिय चुनावमा कांग्रेसलाई स्थापित गर्नु प्रमुख उद्देश्य राखेका भण्डारीले कुनै अमूख गुट वा पक्षको भन्दापनि कांग्रेसको तर्फबाट नगर उपसभापतिमा दावी गरेको बताउछन ।
वडा नं २ को इकाई अधिवेशनबाट निर्वीरोद रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएका भण्डारी प्रेस युनियन काठमाडौ जिल्लामा पनि सक्रिय छन ।