कृष्णहरि महर्जनको प्यानलमा शंकर तिमिल्सिनाको सचिव पदका लागी उमेदवारी

बिकास र समृद्धि सहितको सुन्दर तारकेश्वर निर्माणका लागि यहि मिती २०७८-६-१६ गते हुन गैइरहेको नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा तारकेश्वर नगरपालिका नगर कार्यसमितीमा कृष्णहरि महर्जनको टिममा रही शंकर तिमिल्सिनाले सचिव पदका लागी उमेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता तिमिल्सिनाले कांग्रेसको राजनीति गर्ने सबै पुस्ताको यथेष्ट सम्बोधन गर्न १४ औं महाधिवेशनमा नगर सचिव पदमा उमेदवारी घोषणा गरेको बताएका छन् ।

विचार र सिद्धान्त अँगाल्दै क्षमता प्रदर्शन गरेर जिम्मेवारी पूरा गर्दै जाने क्रममा स्थानीय तहको नयाँ संरचनालाई बलियो बनाउँदै अग्रजहरूलाई सम्मान गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिएका छन् ।

तारकेश्वर नगरपालिका–६ का शंकर तिमिल्सिनाले कांग्रेसको भातृ संगठन नेपाल तरुणदलबाट राजनीति सुरु गरेकाथिए |

तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जनको उम्मेदवारी किन ?

Loading...
error: Content is protected !!