तारकेश्वर नगर सभापतिमा महर्जन र थापा विच मुख्य प्रतिस्पर्धा

काठमाडौं जिल्लाको कांग्रेस क्रियाशिल सदस्यता टुङ्‌गो लागे संगै चुनावी सरगर्मी बढ्न थालेको छ । वडा देखि जिल्ला तह सम्मका नेतृत्वका आकांक्षीहरु राजनितिक गतिविधि वढाउन सक्रिय छन ।तारकेश्वर नगर समितिका आकांक्षीहरुलाई पनि चुनावी सरगर्मीले छोएको छ ।

नगरको सभापतिका लागी कृष्णहरि महर्जन र श्रीराम थापा मुख्य आकांक्षी देखिएका छन । नगर सभापतिका लागी मुकुन्द तिमिल्सिना र कविन्द्र खत्रीको नाम समेत चर्चामा छ ।

तर काठमाडौंको राजनितिमा प्रभाव राख्ने काठमाडौं क्षेत्र नं.६ सांसद एवं पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान निकट कृष्णहरि महर्जन र पूर्व महामन्त्री प्रकाशमान सिंह निकट मानिएका श्रीराम थापा विच प्रतिस्पर्धा हुने बताइएको छ ।

क्रियाशिल सदस्यबाट नगर सभापति निर्वाचित हुने व्यवस्था हटाएर कांग्रेसले क्षेत्रिय प्रतिनिधिवाट निर्वाचित हुने व्यवस्था गरेको छ ।

तारकेश्वरको नगर सभापतिमा कृष्णहरि महर्जनको उम्मेदवारी किन ?

Loading...
error: Content is protected !!