कपनबाट ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका उज्ज्वल शव ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा फेला परेको हो ।

प्रहरीका अनुसार असोज ४ मा साँझ ढलमा खसेका विश्वकर्माको शव घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका हुन् । शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

शव बागमती नदि किनाराबाट मुल सडकसम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​ उज्ज्वलको अनुहार चिन्न नसकिने अवस्थामा रहेको र शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Loading...
error: Content is protected !!