काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जनाको शव भेटिएको छ ।
क्याम्पस अगाडिको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।
शवको सनाखत भएको छैन ।