आज हुने कांग्रेस तारकेश्वर नगर अधिवेशनमा को-को उम्मेदवार ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तरकेश्वरमा आज हुनगईरहेको नगर अधिवेशनमा दुई प्यानल खडा गरेर उम्मेदवारी घोषणा गरीएको छ ।

काँग्रेस तारकेश्वर नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ। दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन्।

तारकेश्वर नगर समिति सभापतिमा काँग्रेस क्षेत्र नम्बर ६ बाट क्षेत्रीय कोषाध्यक्षमा निर्वाचित भएका कृष्णहरि महर्जनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै तारकेश्वर नगर समितिका सभापति श्रीराम थापाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्।

महर्जन नेतृत्वको प्यानलबाट उपसभापतिमा लक्ष्मीराज भण्डारी र जमुना तिमिल्सिना, सचिवमा शङ्कर तिमिल्सिना र भवनाथ गजुरेल, सहसचिवमा अप्सरा खड्का र डि बि ढुङ्गेल(रेसम) रहेका छन् ।

थापा नेतृत्वको प्यानलबाट उपसभापतिमा नवराज अर्याल र मन्जु शाही , सचिवमा कुमार महत र राजु फुयाँल, सहसचिवमा दीपक श्रेष्ठ र सरस्वती पौडेल(राई)ले प्रतिस्पर्धा गर्दै छन्।

काठमाडौँ क्षेत्र नं.६ सांसद एवं पूर्व जिल्ला सभापति भीमसेनदास प्रधान निकट कृष्णहरि महर्जन र पूर्व महामन्त्री प्रकाशमान सिंह निकट  श्रीराम थापा हुन् ।

कोषाध्यक्ष महर्जनको सहयोगमा भिमसेनदास प्रधान गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । थापा भने आफैं स्थानीय तह निर्वाचनमा पराजित भएका थिए ।

महर्जनले पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताए।

थापाले आगामी निर्वाचनमा पार्टीलाई माहेश्वरता पहिलो पार्टीका रूपमा स्थापित गर्न र काँग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको बताए।

Loading...
error: Content is protected !!