नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् ।
त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र जमुना तिमिल्सिना विजयी भएका छन् । नगर सचिवमा राजु फुयाँल र शंकर तिमिल्सिनाले जित हासिल गरेका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएकी छिन् ।
नेपाली काँग्रेसको तारकेश्वर नगरपालिकाको नगर अधिवेशनले पुराना पुस्तालाई भन्दा युवा पुस्तालाई राजनीतिमा ल्याउन कृष्णहरि महर्जनलाई जिताएका छन् ।
अबको स्थानीय निकायको निर्वाचनमा समेत काँग्रेसबाट नगर सभापतिको हैसियतमा कृष्णहरि महर्जनले टिकट पाउने प्रवल सम्भावना छ । नेपाली काँग्रेसका एक नेताले बताएअनुसार कृष्णहरि महर्जनले आउँदो स्थानीय निकायको निर्वाचनमा नगर प्रमुखमा जित हासिल गर्ने सम्भावना रहेको छ ।