माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री, को–को बन्दैछन् ?

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुंग्याएको छ । माओवादीले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको हो । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्। माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।

Loading...
error: Content is protected !!