प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो ।
लामो समयदेखि मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन नसकेका सत्ता गठबन्धनले अन्ततः बिहीबार मन्त्रालय भागबन्डामा सहमति जुटेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नवनियुक्त मन्त्रीहरुले आज अपराह्न ४ बजेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनेछन् ।
हेर्नुहोस् कुन पार्टीबाट को को मन्त्री बन्दैछन् :
नेपाली काँग्रेसबाट
गजेन्द्र हमाल – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री
दिलेन्द्र बडु – कानुन न्याय तथा संसदीय मामिलामन्त्री
उमा रेग्मी – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
मिनेन्द्र रिजाल – रक्षामन्त्री
उमाकान्त चौधरी – खानेपानीमन्त्री
नेकपा (माओवादी केन्द्र)बाट
देवेन्द्र पौडेल – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
शशि श्रेष्ठ – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री
महेश्वर गहतराज – युवा तथा खेलकुदमन्त्री
नेकपा (एकिकृत समाजवादी)बाट
रामकुमार झाँक्री – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री
कृष्णकुमार श्रेष्ठ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री
प्रेम आले – सहरी विकासमन्त्री
विरोध खतिवडा – स्वास्थ्य तथा जनसंख्यामन्त्री
जनता समाजवादी पार्टी (जसपा)बाट
रेणु यादव – भौतिक पूर्वाधार तथा यातायातमन्त्री
राजेन्द्र श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
रामसहाय यादव – वन तथा वातावरणमन्त्री
प्रमोद साह – कृषि तथा पशुपन्छी विकासमन्त्री
देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी कानुनमन्त्रीका रुपमै सरकारको प्रवक्ता समेत थिए ।
कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् । यस्तै माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् ।