घर दैलोमा माक्स वितरण गर्दै तार्केश्वरका योङ कम्युनिस्ट लिग (YCL)

योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज शेषमती बाट सुरु गरेको मास्क वितरण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त आयोजनामा शेषमती नेपालटार हुँदै शुभकामना चोक सम्म घर दैलो तथा सडक मा मास्क वितरण गरि सर्बसाधरणहरुको स्वास्थयमा टेवा पुग्ने र स्वास्थ्यमा राम्रो का निम्ति योङ कम्युनिस्ट लिग नेपाल तार्केश्वर नगरले आज मास्क र विजया दशमी दीपावली छठ पर्व को पनि सम्पूर्ण नगर बासीमा शुभकामना समेत दिएका कुरा यसै तार्केश्वर नगर कमिटी का अध्यक्ष शंखर अधिकारी साथै सह-सचिव दीपक पाठकले जानकारी दिएका छन् ।

आगामी दिनहरूमा विभिन्न कार्यक्रम राखी जनचेतना मूलक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व मूलक गतिविधि राख्ने जानकारी दिएका छन् ।

Loading...
error: Content is protected !!