कोरोना महामारीका कारण रक्त सञ्चार सेवाहरूमा भएको रगत अभावलाई ध्यानमा राखी २०७८/७/६ गते शनिबार काठमाण्डौमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
Kiwanis one day को अवसर मा Kiwanis club of तारकेश्वर ,महानगर र sunshine को आयोजनामा शनिवार रगत अभावको समस्यालाई ध्यानमा राखी बृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
काठमाण्डौको सामाखुसी चोकमा ११ बजे देखि सुरु हुने बृहत् रक्तदान कार्यक्रममा सबैको उपस्थिति रहन र बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल समेत गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर सँगै नेपालमा रगत अभाव भएको थियो भने कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरि रहेको बेला रगत अभावले कसैको जीवन जोखिममा नपरोस् भनेर नै यो बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मध्यका एक किवानिस क्लब तारकेश्वरका अध्यक्ष तथा कार्यक्रम संयोजक दीपक पाठकले बताए ।
बृहत् रक्तदान कार्यक्रमलाई मिडिया पार्टनरमा तारकेश्वर खबर लगायत स्थानीय मिडियाहरू रहेको छ ।