नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वर नगरपालिका वडा नं ६ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा बासदेवु तिमलसिना अध्यक्ष ,सविना मर्हजन उपाध्यक्ष , त्रौलोक्य लामिछाने सचिव , उपसचिवमा अशोक थापा र सरस्वती श्रेष्ठ सहित ३१ जना सदस्य रहेका छन ।
कार्यक्रमको प्रमुख अतिथि काठमाडौं श्रेत्र नं ५ का संयोजक बिश्वनाथ लामिछाने , अतिथिहरुमा नगर कमिटि सचिव राजु तिमिल्सिना , जिल्ला कमिटि सदस्य हरि शरण तिमिल्सिना लगायतका नेताकार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
करिव २०० जनाको उपस्थीतीमा धर्मस्थली बजारमा सम्पन्न भएको सो अधिवेशनको निर्वाचन मण्डलको अध्यक्षमा जिल्ला कमिटि सदस्य हरिशरण तिमिल्सिना , सदस्यहरुमा धर्मराज लामीछाने र शोभा मर्हजन रहेका थिए ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।