एमाले अधिवेशन: तारकेश्वर वडा नं ४ को अध्यक्षमा नरेन्द्रदास श्रेष्ठ

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशनमा तारकेश्वर नगरपालिका वडा नं ४ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा नरेन्द्रदास श्रेष्ठ अध्यक्ष, , श्रीकृष्ण महर्जन उपाध्यक्ष , अर्जुन घिमिरे सचिव र उप सचिवमा सानुमति राई र संगिता श्रेष्ठ सहित ३१ जना सदस्य रहेका छन ।

कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चा गरेका थिए ।

वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।

Loading...
error: Content is protected !!