नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन अन्र्तगत तारकेश्वर नगरपालिका वडा नं ३ कमिटिको अधिवेसन सम्पन्न भएको छ । जसमा अध्यक्षमा रुद्र प्रसाद घिमिरे , उपाध्यक्षमा पोशक नाथ अर्याल , सचिवमा बलराम जमरकट्टेल ,उपसचिवमा ईन्दिरा खतिवडा र शुत्र बादुर तामाङ्ग सहित ३१ जना सदस्य रहेका छन ।
करिव २०० जनाको उपस्थीतीमा सम्पन्न भएको सो अधिवेशनमा युवाहरुको आर्कषण रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चो परिचर्चो गरेका थिए ।
वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।