Kiwanis one day को अवसर मा Kiwanis club of तारकेश्वर ,महानगर र sunshine को संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १७००० मिली रगत संकलन भएको सासाईनका बबिता खड्काले जानकारी दिए ।
अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । शनिबार भएको रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् ।
उक्त रक्तदान कार्यक्रममा किवानिस क्लब काठमाण्डौका समुह, किवानिस क्लबका प्रमुख र अन्य कल्बका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।