सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी

धादिङमा सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे ना६प १४७१ नम्बरको गुडिरहेको बसमा आगलागी भएको हो ।

इलेक्ट्रिक सट भएर बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

आगलागीमा मानवीय क्षति भने नभएको तर बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज जलेबो उनले बताए । प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको छ ।

Loading...
error: Content is protected !!