एमाले तारकेश्वर अधिवेशन: सरकारी भवनमा भएको भन्दै आलोचना

तारकेश्वर नगरपालिकाका वडाहरुमा एमालेको वडा अधिवेशन भएको छ । शनिबार भएको वडा नम्बर १ साङलाको अधिवेशन सरकारी स्वास्थ्य चौकीमा गरेको भन्दै यसको आलोचना समेत भएको छ ।

पार्टीको कार्यक्रम सरकारी भवनमा भएको भन्दै नेपाली काँग्रेस र माओवादी सम्बद्ध व्यक्तिहरूले यसको आलोचना गरेका छन् । वडा नः १ को वडा अधिवेशन तारकेश्वर नगर उपप्रमुख भवानी डोटेल, वडाको अध्यक्ष बिदुर सापकोटा र प्रेस चौतारी काठमाडौँका अध्यक्ष पुकार तिमलसिनाको उपस्थितिमा भएको थियो ।

स्वास्थ्य चौकीमा कार्यक्रम गरेको विषयमा टिप्पणी गदै आलोचना गर्नेहरूले स्थानीय सरकार आफ्नै पार्टीको भएपछि स्वास्थ्य चौकीलाई नै एमालेको पार्टी कार्यालय बनाएको आरोप लगाएका छन् ।

शनिबार सम्पन्न वडा अधिवेशनले गोपाल सापकोटालाई अध्यक्ष , रमेश तामाङलाई उपाध्यक्ष , प्रकाश ढकाललाई सचिव , रिंकि अधिकारी र लक्ष्मी के।सीलाई उपसचिव , रामकुमार अधिकारीलाई कार्यालय सचिव गरि ३१ जनाको वडा कमिटी चयन गरेको छ ।

Loading...
error: Content is protected !!