नेकपा एमाले तारकेश्वरले आज पालिका अधिवेशन गर्ने भएको छ।
आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।
तारकेश्वर नगरपालिकामा एमालेले अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ।
करिव २३०० संगठीत सदस्य रहेको तारकेश्वर नगर कमिटिले आज बिहान १० बजे नेपालटारको कान्तिपुर एवी पार्टी प्यालेसमा हुने नगर कमिटिका अध्यक्ष बासु गौतममले जानकारी दिए ।
गौतमका अनुसार १ हजार जना एमाले कार्यकर्ताहरुको उपस्थीतीमा कार्यक्रम हुनेछ र त्यसको लागी सम्पूर्ण तयारी सकीएको छ ।
एमालेले गत कात्तिक ६ मा वडा अधिवेशन गरेको थियो।
करिब छ हजार वडामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको दाबी एमालेले गरेको छ भने बाँकी वडाहरूमा यही कात्तिक १५ भित्र वडा अधिवेशन गरिसक्ने बताएको छ।
एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन नभएको बताएका छन्। तर पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा अधिवेशनहरू भइसकेको दाबी गरेका छन्।
एमालेले दसौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ। एमालेले गत असोजमा नीति महाधिवेशन भने गरिसकेको छ।