काँग्रेसका काठमाण्डौ ७ को सभापतिमा राजिव श्रेष्ठको दाबी

नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ७ मा यस पटक पनि नेतृत्व परिवर्तन हुने निश्चत प्रायः छ । यो क्षेत्रका लोकप्रिय यूवा राजिव श्रेष्ठले आफुलाई क्षेत्रिय सभापतिमा अघि सार्ने भएपछि अन्य दाबेदार छायाँमा पर्ने आँकलन यो क्षेत्रका काँग्रेसीहरुमा हुन थालेको छ ।

तर श्रेष्ठ भने काँग्रेसको नेतृत्वमा नयाँ अनुहार हुन । १२औं अधिवेशन बाट निर्वाचित सभापति धर्मराज अर्याल र १३ औ अधिवेशन बाट निर्वाचित सभापति मुकुन्द रीजाल यस पटक पनि सभापतिका प्रत्यासी रहेका छन् । उनिहरुकै टकरावले यो क्षेत्रमा काँग्रेसको संगठन कमजोर बनेकाले नेपाली काँग्रेसको भविष्यका लागि श्रेष्ठले आफुलाई यो क्षेत्रको निर्विकल्प नेताका रुपमा आफुलाई अघि सारेको प्रतिक्रिया दिएका छन ।

श्रेष्ठ अहिले सम्म काँग्रेसका कुनै पदमा छैनन । पद पाए उनले क्षेत्रिय राजनीतिमा पुरै तरंग ल्याईदिने खुबी राख्ने उनि निकटका युवाहरु बताउँछन । तारकेश्वर खबरसँगको कुराकानीमा उनले आफु क्षेत्रिय सभापति भएपछि यो क्षेत्रमा काँग्रेसको संगठन मजवुत बन्ने र आगामी चुनावको नतिजा पनि काँग्रेसको पक्षमा आउने बताए।

नेपाली काँग्रेसको संगठन अघिल्ला दुई अध्यक्षको टकरावका कारण काँग्रेसमा आस्थावान शुभचिन्तकमा निराशा र संगठन कमजोर बनेकाले आफुलाई मध्यमार्गी नेताका रुपमा अघि सार्न थालेको उनको भनाई छ । म मध्यमार्गीको रुपमा अघि सरेकाले मलाई सर्वसम्मत सभापति बनाउने बढेको समेत राजिवले कुराकानीमा खुलासा गरेका छन । यो क्षेत्रका पुराना काँग्रेस नेता हरी फुँयालले पनि यसपटक मुकुन्द रीजाल र धर्मराज अर्यालको जुगाँको लडाई र विगतका क्रियाकलाप ले गर्दा काँग्रेसमा युवाले नेतृत्व सम्हाल्नुपर्ने  बताएका छन् । ।

Loading...
error: Content is protected !!