दैनिक राज्यकोषको ५० लाख बढी खर्चेर देश दौडाहामा राष्ट्रपति

पर्यटन पर्वद्धन लागि घुम्ने इच्छा राखेको सचिवालयको भनाई

राष्ट्रपति बिद्यादेवी भण्डारी पछिल्लो समय हेलिकप्टर चढेर देशका विभिन्न स्थान सयर गर्न व्यस्त छन । काठमाण्डौको चन्द्रगिरी रिसोर्ट पुगेर फर्किएपछि राष्ट्रपतिले देश दौडाहामा निस्कने योजना बनाईन । दैनिक झण्डै दर्जन बढिलाई हेलिकप्टर चढायर सयरमा निस्कने राष्ट्रपतिका लागि राज्यकोषबाट झण्डै ५० लाख खर्च हुन्छ ।

चन्द्रगिरीपछि ढोरपाटन, मुस्ताङसम्मको यात्रामा निस्किएकी भण्डारीले आईतबारमात्रै लुम्बिनीको भ्रमण सकेर फर्केकी छन । अब मनाङ र गोसाइकुण्डको यात्रा गर्ने योजना बनाएकी छन ।

राष्ट्रपति बनेपछि राजाकै शैलिमा सुख, सुविधा र मनोरञ्जनको मोहले भण्डारी दर्जनौपटक विवादमा आउने गरेकी छन ।

सोमबार भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।
‘राष्ट्रपतिको यो देश दौडाहा कोभिडपछि पर्यटन क्षेत्र सुरक्षित छन् भनेर विदेशी नागरिकहरुलाई पनि सन्देश दिनका लागि भएको सचिवालयले जनाएको छ ।

Loading...
error: Content is protected !!