मनोवादको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘सान्नानी’ सार्वजनिक गरिएको छ । रुबिनकुमार श्रेष्ठको मिक्सिङ तथा मास्टरिङ र प्रिन्स नेपालीले सारङ्गी भरेको गीतको भिडियो सार्वजनिक भएको हो । सुरज महर्जनको निर्देशन रहेको भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ ।
निशल पौडेलले दृश्य कैद गरेको भिडियोमा निशान घिमिरेको सम्पादन छ । भिडियोमा हाइलाइट्स् नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।