नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशनमा प्रदेश नं ३ अन्तरगतको प्रदेश सभा छेत्र न ६ (ख) को सभापतिमा सरोज कुमार बस्नेतले उम्मेदवारी दिएका छन् ।आम नेता कार्यकर्ताहरूको मर्म र भावना बुझ्ने तथा समाजसेवामा निरन्तर लागिपरेका समाज रूपान्तरण र गौरादह बासीलाई दुःखमा साथ दिने लोकप्रिय तथा समाज सेवी नेता सरोज कुमार बस्नेतले आसन्न नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र ६ (ख) क्षेत्रीय सभापतिको नेतृत्वको उम्मेदवारी दिएका छन् ।पार्टी सङ्गठन मजबुत पार्न लागि परेका बस्नेत युवा तथा ज्येष्ठ नागरिकका आसा र भरोसाका केन्द्र हुन ।
प्रस्तुत छ आसन्न १४ औ अधिवेशनलाई लिएर तारकेश्वर खबरले उनिसग गरिएको कुराकानी :—
नेपाली काङ्ग्रेसको १४ औँ अधिवेशनमा कुन क्षेत्रको कुन पदमा उम्मेदवारी दिनुभएको छ ?
सर्वप्रथम सबै साथीहरूलाई जय नेपाल
म सरोज कुमार बस्नेत१ नेपाली काँग्रेस १४औँ महाधिवेशनमा , मेरो उम्मेदवारी प्रदेश सभा काठमाडौँ क्षेत्र नं.६ ख’ को प्रदेश क्षेत्रीय सभापतिमा हो ।
क्षेत्र नं.६ ख’ को प्रदेश क्षेत्रीय सभापति पदमा नै यहाँको उम्मेदवारी किन ? तपाईका मुख्य एजेन्डा के के छन् ?
म राजनीतिमा आफूलाई समर्पित गर्दै यसै क्षेत्रलाई आधार क्षेत्र बनाएर राजनैतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको व्यक्ति हु । यो क्षेत्रका जनता र पार्टीका साथी भाइहरू सँग मेरो बर्षौ देखीको आत्मीयता र भावनात्मक समिप्यता छ । निर्वाचन आफैमा एउटा परीक्षाको घडी पनि हो । म प्रतिको मेरो मूल्याङ्कन आफ्नो ठाउँमा छ । मेरो कर्म र कार्यसम्पादनशैलीको आधारमा म यही पदका लागी उपयुक्त छु भन्ने पार्टीका क्षेत्रीय प्रतिनिधि साथीहरू सँगै कै सर–सल्लाहमा मैले यस पदमा आफ्नो उम्मेदवारी पेस गरेको हु ।
पार्टी भित्रको आन्तरिक निर्वाचन भएकाले मेरो एजेन्डा पहिलो एजेन्डा त पार्टीलाई एककृत र एक ढिक्का बनाउनु भन्ने नै हुन्छ ।
त्यसपछि मेरो कार्यक्षेत्र, दक्षता र क्षमताले भ्याए सम्म पार्टीसँग जनतालाई जोड्ने दीर्घकालीन कार्य योजनाहरू हुन्छन्। मुख्य कुरा के हो भने । हामी कम बोल्छौ र धेरै भन्दा धेरै काम गर्छौ ।
नेपाली काङ्ग्रेसको यस क्षेत्रमा तपाइले देख्नु भएको चुनौती के के छन् ?
सङ्गठनको जिम्मेवारी लिएर जनताको घर–घर पुग्दै गर्दा, यस क्षेत्रका जनताको नेपाली काँग्रेसको गर्विलो इतिहास, देशलाई पटक पटक सफल नेतृत्व प्रदान गरेको अनुभव र भविष्यप्रतिको सुनिश्चितता लगायत समग्रमा हाम्रो पार्टी प्रतिको सम्मान र सद्भाव एकदमै उच्च रहेको पाएको छु।
यसरी पार्टीप्रति सद्भाव राख्ने आम नागरिकको सङ्ख्या उल्लेखनीय हुँदा हुदैपनि हामीले पार्टीमा समेट्न नसक्नु दुखद कुरा हो। मुख्य चुनौती त पार्टीमा रहिरहनु हुने साथीहरूको सम्मानजनक व्यवस्थापन र नयाँ साथीहरूलाई पार्टीमा समायोजन नै हो।
मेरो उम्मेदवारी विशेषतः व्यक्ति केन्द्रित नेतृत्वको संस्कारलाई विस्थापित गरेर सामूहिक नेतृत्व प्रणालीलाई विस्तार गर्दै, भावी पुस्तालाई काँग्रेसमा आकर्षित गरेर, अझै ठुलो र गर्विलो सङ्गठन यस क्षेत्रमा निर्माण गर्नु हो।
“हामी भित्र म१ सबै अट्ने देश–सबैलाई जोड्ने काँग्रेस१” भनेर पार्टीले परिकल्पना गरेको सामूहिक नेतृत्वको भावनालाई स्थापित गर्ने जनताका दुख–सुखको साथी र सारथि बन्ने क्रमलाई अझै जिम्मेवार र संवेदनशील भएर निरन्तरता दिनका लागी हो भनौँ।
तपाईँ सँग चुनावी मैदानमा अन्य प्रतिस्पर्धी नि हुनहुन्छ होला । सभापति पदमा म नै योग्य उम्मेदवार हो भन्ने तपाइका आधार के के छन् ?
यसलाई प्रतिस्पर्धा नभनौँ । यो त पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्ने एउटा पद्धति हो।हामी सबै नेपाली काँग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक व्यवस्थाका हिस्सेदार हौ।लोकतन्त्र भनेकै जनस्तरबाट अनुमोदित हुँदै आउने व्यवस्था हो।पार्टीको आन्तरिक निर्वाचन यो एउटा अवश्यम्भावी विषय हो।
पक्कै पनि पार्टीका अन्य साथीहरूले पनि क्षेत्रीय सभापतिमा उम्मेदवारी दिनु भएको छ।
विकल्पका तमाम उमेद्वारहरु मध्ये म योग्य अथवा अर्को अयोग्य भन्ने पक्षमा म छैन। पार्टीको एउटै झन्डा र एउटै मोर्चामा खटिने हामी सहयोद्धाहरू हौ। सबैको योगदान आ–आफ्नो क्षेत्रबाट अतुलनीय नै छ।हामी त पार्टीबाट लिन भन्दा पार्टीको माध्यमबाट आफूले सकेको योगदान देश र जनतालाई दिन राजनीतिमा आएका हौ।
म नै किन भने मेरो स्पष्टीकरण मैले नै दिनु पर्दा, पार्टीका गतिविधिहरू लिएर सम्भव भएसम्म यस क्षेत्रका हरेक क्रियाशील साथीहरूको घर–आँगन पुगेको छ । पार्टीको भविष्य र रणनीतिमा ठाउँ–ठाउँमा हामीले बहसहरू गरेका छौ।पार्टीका साथीहरूको सुख दुखमा सम्भव भएसम्म तन, मन, वचनले सहभागी बनेको छु। न्याय–अन्यायका कुरामा पार्टीका साथीहरूको ढाल भनेर उभिएको छु जस्तो मलाई लाग्छ। तर पनि यो सबै मूल्याङ्कन गर्ने जिम्मा पार्टीका साथीहरूकै हो।
यदि तपाईँ क्षेत्र नं.६ ख’ को प्रदेश क्षेत्रीय सभापति पदमा आउनु भयो भने तपाईँको योजना के के छन् ? नेपाली काङ्ग्रेसको यस क्षेत्रमा कस्तो सुधार आउँछ ?
म क्षेत्रीय सभापति हुँदै गर्दा सर्वप्रथम त ‘सहमति, सहकार्य र एकता’को भावनालाई पार्टीले तल्लो भन्दा तल्लो तहसम्म सम्प्रेषण गर्ने मेरो मुख्य योजना हुन्छ।पार्टीका सबै साथीहरूलाई योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी बाडफाड गरेर सबैलाई एउटा गोलो घेरामा समेटेर लाने मेरो प्रयत्न र प्राथमिकता नै हुन्छ।
पार्टीको भविष्य, सँगै सँगै पार्टीप्रति समर्पित हाम्रो भविष्यका बारेमा हामी सामूहिक चिन्तन गर्छौ ।पार्टीमा कर्मशीलहरूलाई सम्मान गर्ने, योगदानलाई कदर गर्ने र क्षमातवानहरुलाई प्रोत्साहन गर्ने दीर्घकालीन योजनाहरू हामी बनाउँछौ र मुख्य कुरा हामी कागजमा योजना मात्रै बनाउँदैनौ, मैदानमा खटेर योजना अनुरूप काम पनि गर्छौ।
साङ्गठनिक हिसाबले हामीले हिजोका दिनमा भोगका दुखद र सुखद नतिजाहरूको समीक्षा गरेर दिन–प्रतिदिन सङ्गठनलाई अझै बढी व्यापक र अझै सुदृढ बनाएर अघि लिएर जानेछौ। यसमा मलाई युवा पुस्ताहरूको साथ र अनुभवका आधारमा पाकाहरूको आशीर्वाद सदै रहिरहनेछ भन्ने विश्वास गरेको छु।
यस क्षेत्रमा आगामी निर्वाचनमा जित हासिल गर्न नेपाली काङ्ग्रेस ले सक्छ कि सक्दैन ?
अवश्य सक्छ । सक्दैन भन्ने प्रश्न नै आउनेछैन । मैलै अघि नै भनिसक यस क्षेत्रमा हाम्रा पार्टीप्रति सदाशयता व्यक्त गर्नेको सङ्ख्या धेरै छ। त्यसलाई पार्टीको शक्तिको रूपमा ग्रहण गर्न हामीलाई सामूहिक नेतृत्वको नवीन अवधारणा र केही नयाँ अनुहारहरू पनि चाहिन्छ सङ्गठनको व्यवस्थापन मुख्य विषय हो । हामी भित्रको एकतालाई कायम राख्न सक्ने हो भने यो क्षेत्रमा हरेक पटक जित हाम्रो हुने निश्चितै छ । उम्मेदवारी चयन र चुनावी सन्तुलनका केही प्राविधिक विषयहरूले हामी पछि परेका मात्रै हौ । सङ्गठन हाम्रो हिजो पनि मजबूत थियो, आजपनि छ र भोलि पनि रहिरहनेछ ।
नेतृत्व लिनसक्ने योग्य व्यक्तिहरू प्रशस्तै हुनुहुन्छ हाम्रो पार्टीमा, जो यस क्षेत्रको धुलो–माटो सँग परिचित हुन्छ।
म आत्मविश्वासका साथ भन्न सक्छु कि सामूहिक नेतृत्व स्थापना गर्न हामी सफल हुन्छौ
अन्त्यमा यस नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन आउदैछ यश विषयमा केही भन्न चाहनु हुन्छ ?
१४औँ महाधिवेशन हामी कार्यकर्ताका लागी त हर्सोउल्लासको पर्व नै बनेर आएको छ । पार्टीभित्रको आन्तरिक नेतृत्व चयनको यो आवधिक प्रक्रिया हो । पार्टीलाई समयसापेक्ष समक्ष नेतृत्व दिनेछ भन्नेमा मा पूर्णतया आशावादी छु।