ग्वार्कोमा स्कुटर दुर्घटना, चालकको मृत्यु

ललितपुरको ग्वार्को चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ग्वार्कोबाट इमाडोलतिर जाने बाटोको सानो पुल नजिकै स्कुटर दुर्घटना हुँदा चालक ३७ वर्षीय बिनोद बुढाथोकीको मृत्यु भएको  प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाथोकीले चलाएको बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर शनिबार राती पौने १ बजे लडेको अवस्थामा भेटिएको थियो।

स्कुटरसँगै चालक बुढाथोकी गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई लगत्तै बी एण्ड बी अस्पताल भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

स्कुटर आफैं दुर्घटनामा परेको हो वा अरू कसैले ठक्कर दिएर दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...
error: Content is protected !!