नेपाली कांग्रेस काठमाडौंका सकृय नेता उद्दव खड्काले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं। २ प्रदेश (ख) बाट सभापतिमा उम्मेद्वारी दिएका छन् ।
देशमा जनताको हक अधिकार प्राप्तिको लागि अनवरत रूपमा आन्दोलनमा होमिएका खड्का २०६२-६३ को जनआन्दोलनमा पनि उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।
सामाजिक सेवामा आबद्ध खड्काले क्षेत्र नं. २ को सामाजिक क्रियाकलाप, सम्पदा संरक्षण, भौतिक विकास, शैक्षिक क्षेत्रको सुधार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली कांग्रेसमा आफ्नो राजनैतिक पहिचान बनाएका खड्का जिल्लामा नै कांग्रेसी युवाहरुको ढुकढुकी बनेका छन् ।
समाजिक क्रियाकलाप र समाजसेवामा नै समर्पित भएकै कारण खड्का पार्टी भित्र र बाहिर उतिकै चर्चामा रहेका छन् ।
जिल्लाभरीमै आफ्नो प्रभाव राख्न सक्ने नेता खड्का कुशल नेता भएकै कारण सबै धारका नेताहरुको नजरमा बस्न सफल भएका छन् ।
नेपाली कांग्रेसको १३ औ माहाधिबेशन का माहाधिबेशन प्रतिनिधि समेतरहेका खड्का युवाहरुको नेतृत्व गर्दै १४ माहाधिबेशनमा काठमाडौं प्रदेश सभा २ (ख) को सभापतिका पदमा उम्मेद्वारी दिएका छन ।
पार्टीमा बौद्विक नेता मानिने खड्का समग्र राजनैतिक विश्लेषकका साथै प्रतिपक्षसँग पनि बहस गर्ने खुबी भएका नेता हुन् ।
यस क्षेत्रका जनता र पार्टीका साथी भाइहरू सँग उनको बर्षौ देखीको आत्मीयता र भावनात्मक समिप्यता छ । पार्टीसँग जनतालाई जोड्ने दीर्घकालीन कार्य योजनाहरू पनी उनीगर्दै आएका छन् । उनी कम बोल्ने र धेरै भन्दा धेरै काम गर्ने व्यक्ती हुन् ।
गत स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा समेत काँग्रेस जिताऊ अभियानमा प्रभावकारी भूमिका खेलेका खड्का युवा पुस्तामाझ विश्वास जितेका युवा नेता हुन् । खड्काले समाजका लागि गरेको गतिविधि र उनको योगदानको आधारमा प्रदेश सभा २ (ख)को सभापतिमा उनको सम्भावना निकै उच्च रहेको स्थानीय पार्टी नेता कार्यकर्ता र जानकारहरूले विश्लेषण गरेका छन् ।
कांग्रेस पार्टीको लोकतान्त्रीक पद्धती र प्रक्रियामा आफूलाई उभ्याउने पार्टी भएकोले आफ्नो मतको सहि सदुपयोग गर्न उनले क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।