कांग्रेस युवा नेता गौरव थापाको प्रदेश प्रतिनिधीमा बलीयो उम्मेद्धारी

कांग्रेस युवा नेता गौरव थापाले प्रदेश सभा अधिबेशनमा उद्दव खड्काको प्यानलबाट प्रदेश सभा २ (ख) को प्रदेश प्रतिनिधी(खस आर्य)मा उम्मेद्धारी दिएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने अधिबेशनमा आफुलाई प्रदेश प्रतिनिधीमाको रुपमा अघि सारेका हुन् ।

कांग्रेसलाई दलित, जनजाति, उपेक्षित वर्ग, गरिब दुखीको खास पार्टी र जनताको दुखको साथ दिने पार्टी बनाउन आफ्नो उम्मेद्धारी रहेको थापाले उद्घोष गरे ।

युवा पंक्तीलाई अघि सारेर नेृतत्व तहमा पुर्याउन समेत भुमिका खेल्ने उनको भनाई छ ।

पुरानालाई आदर र सम्मान, युवालाई सम्मान र स्थान भन्ने नाराका साथ आफुलाई प्रदेश प्रतिनिधीमा अघि सारेको थापाले बताए । उनि भन्छन् राजनिति भनेकै बिसुद्ध सेवा, म सेवा गर्नकै लागि यस क्षेत्रमा प्रबेश भएको हुँ, देशका लागि आफ्नै जन्म भुमिमा योगदान दिन अब क्रियाशिल हुनेछु ।

नेपालको विकास, परिवर्तनका लागि सामाजिक जागरण देखि सशस्त्र संर्घष देखि जनताको मुक्ती र प्रजातन्त्र स्थापना गर्ने कांग्रेसको जगमा टेकेर सामाजिक न्याय र स्वतन्त्रता मार्फत समाज र जिल्लाको परिर्वतनमा लाग्ने थापाको भनाई छ ।

राष्ट्र, राष्ट्रियता र जनजीवीकाका सवालमा नेपाली कांग्रेसले बोकेको एजेण्डा नै मेरा एजेण्डा हुन् थापा भन्छन् पार्टीले लिएको निति, सिद्धान्त, बिचार र दृष्टिकोणलाई आफ्नो क्षमता र जिम्मेवारी अनुसार जनस्तर र तल्लोतह सम्म लैजाने मेरो प्राथमिक्ता हुनेछ ।

 

समाज परिर्वतन, सुशासन, विकास निर्माणका पक्षमा र कुरिती, कुसंस्कारका बिरुद्धमा बुलन्द आवाज गर्दै सामाजिक क्षेत्रमा समेत उनले एक अमिट छाप बनाएका छन् ।

Loading...
error: Content is protected !!