क्षेत्र नं २ प्रदेश ‘ख’को सभापतिमा उद्धव खड्का विजयी

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २  प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा खड्का सभापतिमा निर्वाचित भएका हुन् ।जम्मा ३६० मत खसेकोमा उनले १८३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सिताराम आचार्यले १७७ मत ल्याएका छन् ।

प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भएका हुन्

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘ख’को अधिवेशनले पुराना पुस्तालाई भन्दा युवा पुस्तालाई राजनीतिमा ल्याउन उद्धव खड्कालाई जिताएका छन् ।

यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा काँग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । यस्तै, काठमाडौँमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । काँग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

Loading...
error: Content is protected !!