नेपाली कांग्रेस काठमाडौंका सकृय नेता अर्जुन पराजुलीले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं २ बाट सभापतिमा उम्मेद्वारी दिएका छन् ।
पराजुली तिन दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय छन् । पार्टी भित्र कुशल राजनितिज्ञको रुपमा परिचित पराजुली राजनीति सँगै समाजिक सेवामा पनि सक्रियता भए सँगै क्षेत्रका युवामाझ उनी लोकप्रिय छन् । २०५४ सालमा तत्कालीन क्षेत्र नं १ हाल २ नंको नेपाल विद्यार्थी संघमा क्षेत्रीय उपाध्यक्ष भइ राजनीतिमा पदीय जिम्मेवारी बहन गर्न थालेका पराजुली बिद्यार्थीहरुको हकहितको लागि लडेका थिए । नेपाल तरुण दल काठमाण्डौ महानगर समितिको उपाध्यक्ष, नेपाल तरुण दल जिल्ला सदस्य र बाग्मति अंचलको सचिवमा निर्वाचित भए सँगै उनी राजनीतिमा झनै हौसिएर लागेका थिए ।
नेपाली काँग्रेसको १२ औँ महाधिवेशनको महासमिती सदस्य भइ कार्यकाल अवधिभर जनताको सेवामा उनको सक्रियता बढेको थियो । नेपाली कांग्रेस काठमाण्डौंको जिल्ला सदस्य अर्जुन अब हुने १४औं महाधिवेशन बाट काठमाडौं क्षेत्र नं। २ को मुख्य जिम्मेवारी आफ्नै हातमा लिने सुरमा छन् ।
उनकोे राजनीति सक्रियताको पनि त्यतिकै प्रशंसा हुने गरेको छ । त्यसकारण पनि सभापतिमा उनको सम्भावना बढि हुने विश्लेषण गरिएको छ ।
सामाजिक सेवामा आबद्ध पराजुली ले क्षेत्र नं। २ को सामाजिक क्रियाकलाप, सम्पदा संरक्षण, भौतिक विकास, शैक्षिक क्षेत्रको सुधार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
नेपाली कांग्रेसमा आफ्नो राजनैतिक पहिचान बनाएका पराजुली जिल्लामा नै कांग्रेसी युवाहरुको ढुकढुकी बनेका छन् ।
समाजिक क्रियाकलाप र समाजसेवामा नै समर्पित भएकै कारण पराजुली पार्टी भित्र र बाहिर उतिकै चर्चामा रहेका छन् ।
जिल्लाभरीमै आफ्नो प्रभाव राख्न सक्ने नेता पराजुली कुशल नेता भएकै कारण सबै धारका नेताहरुको नजरमा बस्न सफल भएका छन् ।
कांग्रेस पार्टीको लोकतान्त्रीक पद्धती र प्रक्रियामा आफूलाई उभ्याउने पार्टी भएकोले आफ्नो मतको सहि सदुपयोग गर्न उनले क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।