नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल पराजित भएको क्षेत्रमा ३० वर्षीय युवाले महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएका छन्।
मुख्य सचिव कृष्णप्रसाद पौडेल पराजित काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ३० वर्षीय सुशील भट्ट खुलातर्फ सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेका हुन्।
नेपाल विद्यार्थी संघ ९नेविसंघ० का पूर्व केन्द्रीय सदस्य भट्टले जम्मा खसेको २ सय ५० मध्ये १ सय ५१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
खस(आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका मुख्य सचिव पौडेलले भने कुल खसेकोमध्ये ८३ मत मात्रै पाएका छन्।
युवा नेता भट्ट कांग्रेसमा १३ औँ महाधिवेशनपछि बनेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा छन्। उनी महामन्त्रीका दाबेदार केन्द्रीय सदस्य प्रदीप पौडेलनिकट मानिन्छन्।
सार्वजनिक नतिजाअनुसार भट्ट निर्वाचित क्षेत्रमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि पराजित भएका छन्।
खस–आर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका पाण्डेले ६० मतमा चित्त बुझाएका छन्।
भट्ट केन्द्रीय सदस्य रहेको नेविसंघका तत्कालीन महामन्त्री सरोज कुमार थापा पनि काठमाडौं(७ बाट पराजित हुने अर्का चर्चित अनुहार हुन्।
खुलातर्फ महाधिवेशन प्रतिनिधि बनेका थापाले मात्र ३६ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।
त्यही निर्वाचन क्षेत्रबाट १४ औँ महाधिवेशनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी र डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष भरतप्रसाद खरेल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
खुलातर्फ उम्मेदवारी दिएका निर्वाचन समितिका सदस्य केसीले ८१ र पूर्वअध्यक्ष खरेलले ३३ मत मात्रै ल्याएका छन्।
महाधिवेशन प्रतिनिधिमा पराजित भएका चर्चित अनुहारमध्ये केसीबाहेक सबै संस्थापन पक्षीय उम्मेदवार हुन्।
काठमाडौं–७ बाट युवा नेता भट्टसँगै धर्मराज अर्थाल, नवराज चापागाईँ, प्रमोदहरि गुरागाईं, माशान्तमान सिंह मास्के, विजयबहादुर माली, मनोज राना, राजिव श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ ९इचङ्गुनारायण० र सविन तामाङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
यस्तै खुला महिलातर्फ कमला राजभण्डारी, गीता न्यौपाने अर्याल, पुनम लामा र प्रमोदादेवी पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार खस(आर्य महिलातर्फ सरला कोइराला आचार्य र सरस्वती भट्ट, खस(आर्य पुरुषतर्फ डा। रामशरण थपलिया, दक्ष पौडेल ९सुवास० र नगेन्द्रध्वज कार्की, मधेसी(मुस्लिम(थारु(अपाङ्ग(अल्पसंख्यकतर्फ अन्जु सिंह चौधरी निर्वाचित भएका छन्।
आदिवासी जनजाति महिलातर्फ प्रमिला सिंह डंगोल, सिर्जन सिंह श्रेष्ठ, आदिवासी, जनजाति खुलातर्फ इन्द्रलाल श्रेष्ठ, प्रभाशमान सिंह, पुष्पलाल मानन्धर र दलिततर्फ कविता दास निर्विरोध महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
काठमाडौं(७ को क्षेत्रीय सभापतिमा मुकुन्द रिजाल विजयी भएका छन्। उनी मनहरि तिवारीलाई पराजित गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। विजयी रिजाल सभापतिका दाबेदार पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट मानिन्छन्।