काँग्रेस ललितपुर जिल्ला सचिवमा विष्णु तिमल्सिनाको सम्भावना बढी

नेपाली कांग्रेस ललितपुरका सकृय नेता बिष्णु तिमल्सिनाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट सचिबमा उम्मेद्वारी दिएका छन् ।

देशमा जनताको हक अधिकार प्राप्तिको लागि अनवरत रूपमा आन्दोलनमा होमिएका तिमल्सिना २०६२(६३ को जनआन्दोलनमा पनि उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

सामाजिक सेवामा आबद्ध तिमल्सिनाले ललितपुर जिल्लाको सामाजिक क्रियाकलाप, सम्पदा संरक्षण, भौतिक विकास, शैक्षिक क्षेत्रको सुधार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।

नेपाली कांग्रेसमा आफ्नो राजनैतिक पहिचान बनाएका तिमल्सिना जिल्लामा नै कांग्रेसी युवाहरुको ढुकढुकी बनेका छन् ।

समाजिक क्रियाकलाप र समाजसेवामा नै समर्पित भएकै कारण तिमल्सिना पार्टी भित्र र बाहिर उतिकै चर्चामा रहेका छन् ।

जिल्लाभरीमै आफ्नो प्रभाव राख्न सक्ने नेता तिमल्सिना कुशल नेता भएकै कारण सबै धारका नेताहरुको नजरमा बस्न सफल भएका छन् ।
स्थानिय चुनावमा वडा अध्यक्षमा निर्वाचित तिमल्सिना बागमती गाउँपालिकाको प्रबक्ता समेत रहेको छन्।

पार्टीमा बौद्विक नेता मानिने तिमल्सिना समग्र राजनैतिक विश्लेषकका साथै प्रतिपक्षसँग पनि बहस गर्ने खुबी भएका नेता हुन् ।

यस क्षेत्रका जनता र पार्टीका साथी भाइहरू सँग उनको बर्षौ देखीको आत्मीयता र भावनात्मक समिप्यता छ । पार्टीसँग जनतालाई जोड्ने दीर्घकालीन कार्य योजनाहरू पनी उनीगर्दै आएका छन् ।

गत स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा समेत काँग्रेस जिताऊ अभियानमा प्रभावकारी भूमिका खेलेका तिमल्सिना युवा पुस्तामाझ विश्वास जितेका युवा नेता हुन् । तिमल्सिनाले समाजका लागि गरेको गतिविधि र उनको योगदानको आधारमा ललितपुर जिल्लाको सचिबमा उनको सम्भावना निकै उच्च रहेको स्थानीय पार्टी नेता कार्यकर्ता र जानकारहरूले विश्लेषण गरेका छन् ।

कांग्रेस पार्टीको लोकतान्त्रीक पद्धती र प्रक्रियामा आफूलाई उभ्याउने पार्टी भएकोले आफ्नो मतको सहि सदुपयोग गर्न उनले क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

Loading...
error: Content is protected !!