नेपाली कांग्रेसले यही मंसिर २४ गतेदेखि २७ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।
महाधिवेशनका लागि देश र विदेशस्थित विभिन्न पार्टीहरूलाई निमन्त्रणा गरिएको छ।
स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापनका लागि सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा समितिसमेत गठन गरेको कांग्रेसले जनाएको छ।
समितिको सदस्यहरूमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चीनकाजी श्रेष्ठ, डिला संग्रौला, आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, आनन्द (गोरख) विष्ट रहेका छन्।