भीमसेनदास कतै खुलेनन्, सहमति गर्न दुवै उम्मेदवारलाई आग्रह
बानियाँ र केसीबीच प्रतिस्पर्धा हुने, प्रधान बाहिरिए
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त वागमती प्रदेशको सभापतिको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका नेता भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गरेका छन् ।
प्रेस विज्ञप्ती जारी गर्दै प्रधानले पहिलो चरणको मतपरिणामको आधार र नजिकिदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश दिन शीर्ष २ उम्मेदवारलाई आग्रह गरेका हुन् ।
पहिलो चरणमा ईन्द्र बानियाँले ९ सय ९२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन् । तेस्रो भएका प्रधानले १ सय ९७ मत ल्याएका थिए ।