तारकेश्वर नगरपालिका भित्र हाउस टेकले नि:शुल्क रूपमा पानीको मात्रा सन्तुलन गर्ने मेसिन जडान गर्ने भएको छ । वडा नं। १,२,३ बाहेक अरू सबै वडामा जडान हुँदै आएको हाउस टेकले जानकारी गराए ।
सामाजिक उत्तरदायित्व पुरा गर्न र साथै बजार बिस्तारको लागी पनि कम्पनीले तारकेश्वर नगरपालिकाको स्थानीय घरधनीहरूलाई नि:शुल्क पानीको मात्रा सन्तुलन गर्ने मेसिन वितरण गर्न चाहेको कम्पनीका प्रबन्ध निर्देशक सरोज अधिकारीले बताए ।
यसका फाइदाहरू
- ट्याङ्कीमा पानी भरेपछि मोटर आफै बन्द हुने र पानी खाली हुनु भन्दा पहिले मोटरलाई आफै सुचारु पनि हुने ।
- बिजुली , पैसा र पानीको बचत हुने ।
- पानी नपोखिने हुँदा कौसी र पर्खाल फोहोर नहुने ।
- पटक पटक कौसीमा गएर ट्याङ्की हेर्न झन्झटबाट मुक्ति ।
नोट
- मेसिन जडान गर्न आवश्यक बिजुलीको सामान्य तार र प्राविधिक (मिस्त्री) खर्च घर धनीले तिर्नु पर्नेछ ।
यस कम्पनीले विगत चार वर्ष देखि काठमाडौँ उपत्यकामा घर भित्र चाहिने बिजुली, पलम्बर, रंगरोगन, फर्निचर, क्लिनर, टिभी , एसी, फ्रिज, वासिंग मेसिन, ओभन, गिजर, चिम्नी, सोलार लगायत सम्पूर्ण निर्माण तथा मर्मत सेवाहरू एउटै छाना मुनीबाट उपलब्ध गराउँदै आएको छ ।