रातोपुल नजिकै धोविखोलामा पुरुषको शव भेटियो (भिडियोसहित)

पहिचान हुन बाँकी

काठमाडौँको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव भेटिएको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो ।

प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
error: Content is protected !!