सिटौला समूहको सहयोगमा बागमती प्रदेशमा देउवा पक्षीय बानियाँ विजयी

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षीय इन्द्र बानियाँ विजयी भएका छन् । कृष्ण सिटौला पक्षसमेतको सहयोगमा बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी पराजित भएका छन् । केसीलाई बानियाँले १५० बढी मतले हराएका छन् । निर्वाचन समितिले विजेताको ओपचारिक घोषणा केहीबेरमा गर्नेछ ।

आइतबार दिनभर भएको मतदानमा २०२५ मत खसेको थियो भने त्यसलगत्तै मतगणना सुरु भएको थियो ।

Loading...
error: Content is protected !!