चिरायु सहकारीले गर्यो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

चिरायु बहुउद्देश्यीय सहकारी संस्था  लि. को १४ औ साधारण सभा तथा वार्षिक उत्सवको अवसरमा   रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमबार ब्लड डोनर्स एसोसिएसन नेपाल सँगको संयुक्त आयोजनामा  रक्तदान कार्यक्रम गरिएको  हो । कार्यक्रममा २१००० मिली रगत सङ्कलन भएको  चिरायुका अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।

 

अहिले अस्पतालका शैयामा कयौँ बिरामीहरू रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने विभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदी मद्दत पुगोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।  रक्तदान कार्यक्रममा ४१ जना भन्दा बढी रक्तदाताहरूको सहभागी थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आइ.एम.ई लाइफ इन्स्योरेन्सका प्रबन्ध निर्देशक कवि फुयाँल र प्रमुख अतिथिमा तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहरा उपस्थित थिए ।

 

प्रबन्ध निर्देशक  फुयाँलले चिरायु बहुउद्देश्यीय सहकारी संस्थालाई  शुभकामना दिएका छन् ।  चिरायु र आइ.एम.ई लाइफ इन्स्योरेन्सले कसरी बचत कर्ता अथवा ऋणी सदस्यहरूलाई जीवन बिमा योजना सेवाहरूबाट लाभान्वित बन्न सक्छन् भन्ने बारे आफूहरू गम्भीर रहेको उने बताए । उनले भने चिरायु सहकारीका बचत कर्ता तथा ऋणीहरूको जोखिमलाई बिमाले के गर्न सक्छ भन्ने कुराहरू पहिल्याउने छ ।

 

नगर प्रमुख रामेश्वर बोहराले सहकारीहरुमा खुट्टा तान्ने प्रविधि धेरै नै मौलाएको र त्यस्ता कार्यहरूलाई अन्त्य गरेर अगाडी बढ्नु पर्ने बताएका छन् ।उनले भने  सेयर धनीले नै सहकारीमा पैसा जम्मा नगर्ने र बैङ्क धाउने कार्य गर्न नहुने र यस्ता कार्यले गर्दा आम बचत कर्ता निरुत्साहित हुने बताएका छन् ।

 

सो कार्यक्रममा गुरुकुल पब्लिक हाई स्कुलका  प्रिन्सिपल  तथा सहकारी संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

 

 

 

Loading...
error: Content is protected !!