उत्तमको ‘अब जे होला होला’को छायांकन सुरु

हास्य टेलिसिरियल ‘अब जे होला होला’को दोस्रो सिरिजको छायांकन सुरु भएको छ । काठमाडौको तार्केश्वरबाट यस सिरियलको छायांकन प्रारम्भ भएको हो । ब्राण्ड यू पिक्चर्सका लागि तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिरियलमा उत्तम केसी(नेपाल)को लेखक तथा निर्देशन रहेको छ ।

यस अघि उत्तमले ‘जे होला होला’ सिरियल निर्माण गरेका थिए । दर्शकले अत्यधिक रुचाएका कारण दोस्रो सिरिज निर्माणमा जुटेको केसीले बताए । यस सिरियललाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् भने श्रृखला निर्देशकको जिम्मा उत्सव केसीको छ । समसायिक विषयवस्तुलाई हास्यका माध्यमबाट दर्शकलाई सन्देश दिने उदेश्यले सिरियल निर्माण गरिएको निर्देशक केसीले जानकारी दिए ।

उनले भने,‘घर गाउँमा हुने सानातिना घटना र अहिलेको परिवेशलाई आधार मानेर सिरियल निर्माण गरिरहेका छौँ । हिजोको दिनमा दर्शकले जुन हिसावले हाम्रो सिरियल मन पराईदिनुभएको थियो त्यसै गरि यो सिरिजलाई पनि मन पराउनेमा आफु ढुक्क रहेको छु ।’

यस हास्य सिरियलमा लक्ष्मण बिक्रम वस्नेत, गीता नेपाल, मुकुन्द मैनाली, श्यामकुमार मिश्र, उत्सव केसी, शोभा भण्डारी,प्रकाश बिक्रम थापा, सुस्मिता श्रेष्ठ, सन्देश राउत, गगन बास्तोला, बिजय तिमिल्सेना, किरण केसी, संगीता श्रेष्ठ, नविना थापाका साथमा निर्देशक स्वयंमको अभिनय देख्न सकिन्छ । सिरियललाई ज्ञान कुमार कट्टेलले छायाङ्कन गरिरहेका छन् ।

Loading...
error: Content is protected !!