देउवाका तर्फबाट प्रकाशमान सिंहलाई उपप्रधानसहित गृह मन्त्रीको अफर

 नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।

सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् ।

सिंह पनि सभापतिको दौडमा थिए । तर, उनी पहिलो चरणबाट बाहिरिएका छन् । खाँडले सभापतिमा देउवालाइ सहयोग गरे उपप्रधानसहित गृहमन्त्री बनाउने आश्वासन दिएका छन । स्रोतका अनुसार सिंहले प्रधानमन्त्रीको लिखित प्रतिवद्धता आएमात्र आफूले सहयोग गर्न सक्ने बताएका छन ।

Loading...
error: Content is protected !!