अव्यवस्थित महाबौंद्धः ढुवानीका सवारी भृकुटीमा घाम ताप्दै, यात्रुबाहक ट्याक्सी धामाधम सामान बोक्दै

काठमाडौं महानगरपालिकाले सवारी साधानको पार्किङ व्यवस्थित गर्न नसक्दा, ट्राफिक व्यवस्थापनको कमजोरी सुधार गर्न नसक्दा काठमाडौंको प्रमुख होलसेल बजार महाबौद्धमा ढुवानीका सवारी मर्कामा परेका छन् । वीर अस्पतालबाट महाबौद्ध प्रवेश गर्न ट्राफिकले कडाइ गरेको गरेको  छ । तर, स्मार्ट पार्किङका नाममा मोटरसाइकलको प्रतिघण्टा २५ रुपियाँ शुल्क लिएर क्षमताभन्दा बढी सवारी बाटैमा राखिने गरिएको छ भने ढुवानीका सवारी साधन भने १५ मंसिरदेखि महाबौद्ध पस्नै पाएका छैन् ।

महाबौंद्ध ढुवानीका सवारी साधन (कार्गो भ्यान र म्यासिक्मो)ले प्रवेश पाएका छैनन् भने यात्रुबाहक सवारी मानिएको ट्याक्सीलाई भने सामान बोक्नमै भ्याइँनभ्याई छ । महाबौंद्धमा ढुवानीका सवारी प्रवेश गर्न नपाएपछि होलसेल पुगेर सामान खरिद गर्ने खुद्रा व्यापारीले ढुवानीको सवारीका रूपमा ट्याक्सी र मोटरसाइकल प्रयोग गरिरहेका छन् ।

ढुवानीका सवारी साधानले सामान बोक्न पाएका छैनन् । ट्राफिक व्यवस्थापन मिलाउन बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ७ बजेसम्म कार्यालय समय तोकेर ढुवानीका साधन चल्ने नपाउने व्यवस्था ट्राफिकले गरेको छ  । यही व्यवस्थाका कारण महाबौंद्ध प्रवेशै गर्न नपाउँदा यही क्षेत्रमा वर्षोदेखि क्रियाशील दुई दर्जनभन्दा बढी ढुवानीका सवारी दिनभर भृकुटीमण्डमा घाम तापेर बसिरहेका छन् । यात्रुबाहक ट्याक्सीले भने यात्रु राख्नुपर्ने सिटमा, ढिकीमा र हुँटमा सामान बोकिरहेका छन् ।

महाबौद्ध ढुवानी व्यवसायी समितिका अध्यक्ष भिमभक्त अधिकारी ट्राफिक व्यवस्थापन मिलाउने नाममा एकपटक पनि महाबौद्धसम्म सामान लिन जान नपाएको गुनासो गर्छन्् । यस अघि महाबौंद्धमा स्मार्ट पार्किङ सुरु हुँदा एक पटकमा दुई वटा कार्गो भ्यान र एउटा म्याक्सिमोलाई प्रवेश अनुमति दिइएको थियो । उक्त व्यवस्था अनुसार सबै ढुवानीका सवारीले पालैपालो काम पाउने गरेका थिए भने हाल ट्राफिक व्यवस्थापन कडाइका नाममा एउटा सवारी साधान पनि प्रवेश दिइएको छैन् । कार्यालय समय बाहेक पनि सवारी महाबौद्ध प्रवेश नपाउँदा आफूहरूको व्यापार नै सुकेको र दैनिक रोजिरोटी नै खोसिएको बुझाइ अधिकारीले गुनासो गरेका छन् ।

उनले भने ‘पहिले जसरी एकपटकमा तीनवटा सवारी प्रवेश दिने गरिएको थियो सोही व्यवस्थामात्रै लागू भएपनि हामी व्यवस्थापन मिलाउने थियौं ।’ उनी भन्छन्, महानगरसँग कुरा गर्दा ट्राफिक महाशाखालाई देखाउने र ट्राफिक महाशाखासँग कुरा गर्दा महानगर देखाएर पन्छिने गरिएकोले आफूहरू समस्यामा परेको ढुवानी व्यवसायीले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता प्रहरी उपरिक्षक सजिंव शर्मा दास भने ढुवानी सवारीले ढुवानीकै काम गर्ने र यात्रुबाकहले यात्रु नै बोक्नुपर्ने हुँदा ट्याक्सीले सामान बोक्न नपाउने बताउँछन् । दासले भने ‘ट्राफिक व्यवस्थापन मिलाउन कार्यालय समयमा ढुवानीका सवारी चलाउन नपाइने व्यवस्था गरिएको भएपनि यसको मौका छोपेर ट्याक्सीले सामान बोक्न भने पाइदैँन् ।’ उनका अनुसार ट्याक्सीले सामान बोकेको फेला परे कारवाही हुन्छ ।

दास भन्छन्, ‘ढुवानी व्यवसायीलाई परेको मर्काको विषयमा भने आफूसँग जानकारी आएको छैन् ।’ ढुवानीका सवारी कार्यालय समयमा गुड्न नपाउने नियम भने डेढ वर्ष अगाडि नै प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन आफूहरूले पालना गरेको उनी बताउँछन् । उनले सरकारको २७ बुँदे कार्यक्रममा परेको ट्राफिक व्यवस्थापनसम्बन्धित व्यवस्थालाई आफूहरुले कार्यान्वयनमा मात्रै गरेको पनि उनले बताए । काठमाडौं महानगरपालिकाकाका पदाधिकारीसँग भने यो विषयमा सम्पर्क गर्न खोज्दा उहाँहरू सम्पर्कमा आउन चाहेनन् ।

Loading...
error: Content is protected !!