तारकेश्वरको शेषमती रहेको सुविधा सम्पन्न पार्टी प्यालेस दियालो फुडल्याण्ड तथा रेस्टुरेन्टमा अग्रेंजी नयाँ बर्षको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
दियालो फुड ल्याण्डका सञ्चालक सरोज महर्जनका अनुसार भोलि शुक्रवार साँझ ६ बजेबाट विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ ।
कार्यक्रममा बार सहित स्वादिलो र स्वास्थ्य जनक परिकारका साथमा नेपथ्य ब्यान्डका चर्चित गायक सुरज कुमार थापा , गायिका निशा देसारको लाइभ ब्यान्ड सहितको बेजोड प्रस्तुति हुनेछ भने साथमा वरिष्ठ हास्य कलाकार उत्तम केसिको हसाउने प्रस्तुति ,गायिका मिरा कार्की र गायक आशिष् कार्कीको लाइभ ब्यान्ड र बाल कलाकार जोनिर अधिकारीको उत्कृष्ट डान्स सहितको विशेष प्रस्तुति हुनेछ ।
सभा समारोह, विभिन्न चाडपर्व र विवाह व्रतबन्धसहितका कार्यक्रम गर्न मिल्ने रेस्टुरेन्ट र क्याटरिङको समेत सुविधा उपलब्ध भएको दियालो फुडल्याण्डको केही महिना अघि पूर्व रक्षा मन्त्रीसमेत रहनुभएका सांसद भीमसेनदास प्रधान र काँग्रेस नेता सुरेन्द्र पाण्डेले संयुक्त रूपमा उदघाटन गर्नुभएको थियो ।