तारकेश्वर नगरपालिका अन्तर्गत वडा नं ११मा रहेको शहरी स्वास्थ्य केन्द्रमा ओपिडीसहितको जनरल सेवा सुरु भएको छ ।
आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा हुँदै आएको शहरी स्वास्थ्य केन्द्रले पुस ७ गते देखी ओपिडी सेवा सुरु भएको तारकेश्वर नगरपालिका वडा नं ११का कार्यवाहक अध्यक्ष प्रज्वल विक्रम थापाले जानकारी दिएका छन्