काठमाडौं उपत्यकामा थप १३७ जना संक्रमित थपिएका छन्।
आइतबार काठमाडौं उपत्यकामा आइतबार १३७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।
योसँगै काठमाडौं उपत्यकामा २ हजार ९० सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै एक हजार ४, ललितपुरमा ५८९ र भक्तपुरमा ४९७ संक्रमित थपिएका हुन्।
यस्तै नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ पुगेको छ।